विदुरको उप–मेयरमा देवेन्द्र दाईको चर्चा

विदुर खबर २०७९ वैशाख १७ गते २२:२२

नुवाकोट । स्थानिय निर्वाचनको मिति नजिकिएसँगै नुवाकोटको राजनीति गर्माएको छ ।

Advertisement

विशेष गरि जिल्लाको विदुर नगरपालिकाको मेयर र उप–मेयरमा कुन पार्टीले कब्जा जमाउला भन्ने चर्चा अहिले विदुरको चिया पसलदेखि भट्टी पसलसम्म सुन्ने गरिएको छ । सर्वाधिक चासोको साथ हेरिएको विदुर नगरपालिकाको निर्वाचनमा कडा प्रतिष्पर्धा हुने निश्चित छ ।

नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट राजन श्रेष्ठ र उप–मेयरमा प्रभा बोगटीले उम्मेद्धवारी दिएका छन् । यस्तै एमालेको तर्फबाट मेयरमा सञ्जु पण्डित र उप–मेयरमा अम्बिका पौडेलले उम्मेद्धवारी दिएका छन् ।

Advertisement

यस्तै विदुरको उपमेयरमा जन समाजवादी पार्टीको तर्फबाट उपमेयरमा उम्मेद्धवारी दिएका विदुर १० का देबेन्द्र बहादुर थापा क्षेत्री चर्चाको पात्र बनेका छन् । वि.स. २०३६ सालमा साविक गेर्खु गाविस वडा नम्बर ४ मा जन्मिएका थापामा सानैदेखि समाजसेवाको भावना जागृत भएको थियो । उनीसँग रेडक्रस लगायत विभिन्न सामाजिक संस्थामा रहेर काम गरेको अनुभव समेत रहेको छ ।

गायन तथा कलाकारिता क्षेत्रमा लागेर त्रिशुलीमा पुल, माइलाबा, जालपामाई र भैरवीको साथ लगायतका गायक तथा रचनाकार समेत रहेका छन् । बाल्यकालदेखि नेपाली कांग्रेसको पृष्ठभुमिमा राजनितिक यात्रा शुरु गरेका उनी सांस्कृतिक संघमा समेत आवद्ध भएका थिए ।
स्थानिय तहको निर्वाचनमा व्यवस्था बदल्न आफ्नो उम्मेद्धवारी रहेको उनले बताएका छन् । उनले नगरपालिकाको विकास, सुशासन र भष्ट्राचार नियन्त्रण गर्न समेत आफुले उपमेयरमा उम्मेद्धवारी दिएको बताएका छन् ।

Advertisement

उनले आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा विदुरका जनताले आफुलाई विजयी गराउने विश्वास व्यक्त गरेका छन् ।
उनले युवापस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै आफुले विदुरको उपमेयरमा भारी मतले विजयी हुने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया