मतदान केन्द्र तोकिएका विद्यालयमा ३ दिन विद्यार्थीको भौतिक उपस्थिति नगराउन निर्देशन
विदुर खबर
२०७९ वैशाख २२ गते १७:३६
नुवाकोट । स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार निर्देशन दिइएको केन्द्रले पत्रमा उल्लेख गरेको छ । केन्द्रले वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयको उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन भनेको हो ।
त्यस अवधिमा विद्यार्थीहरुलाई बैकल्पिक पद्दतीबाट पठनपाठनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रले पत्रमा स्थानीय तहहरुलाई पत्रानुसारको व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया