रोल्पामा कांग्रेस र माओवादी कार्यकर्ताबिच झडप
विदुर खबर
२०७९ वैशाख २२ गते १७:१४
नुवाकोट । रोल्पामा चुनावी सभामै सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्य–कर्ताबीच झडप भएको छ ।

रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा बुधबार राति झडप भएको हो । तालावाङ बजारमा चुनावी सभाकै क्रममा झडप भएको हो । उक्त झडपमा परी कांग्रेसका वडाअध्यक्ष मीनबहादुर डाँगी गम्भीर घाइते भएका छन् । डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ ।
कांग्रेस वडाअध्यक्षका उम्मेदार मीनबहादुर डाँगीलाई उपचारका लागि दाङ पठाइएको छ । रोल्पा कांग्रेस क्षेत्र नम्बर-२ का क्षेत्रीय सभापति गोपाल घर्तीले आफ्नो पार्टीका उम्मेदवारमाथि आक्रमण भएको बताए । उनले भने, ‘उम्मेदवारलाई आक्रमण गर्न गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार गरे ।’
आफ्ना कार्यकर्तामाथि कांग्रेसले आक्रमण गर्दा प्रतिकार गरेको माओवादी केन्द्रकाे दाबी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया