एमालेको गाउँपालिका अध्यक्षको उम्मेदवारविरूद्ध पक्राउ पूर्जी जारी

विदुर खबर २०७९ वैशाख २१ गते २०:३८

नुवाकोट । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षका उम्मेदवार मिलनकुमार विष्टविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । विष्टविरुद्ध भक्तपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको हो ।

Advertisement

उक्त पूर्जी जारी भए पनि हालसम्म विष्टलाई प्रहरीले भेटाउन सकेको छैन । उनी फरार रहेकाले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

विष्टविरूद्ध नेपाली कांग्रेसबाट उम्मेदवार अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । विष्टविरूद्ध ०७७ मा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको हो ।

Advertisement

प्रतिक्रिया