नुवाकोटको सिसडोलमा अवरोध हुँदा उपत्यकाको फोहोर उठेन
नुवाकोट । पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ ।

पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाण्डाै उपत्यकाका नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाण्डाै उपत्यकाको १८ पालिकाकाे फोहर व्यवस्थापन कार्य रोकिएको छ ।
अहिले फोहर विसर्जन गरिएको ठाउँ नुवाकोटमा रहेकाे सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो ।
काठमाण्डाै महानगरपालिकाले केही दिन नेपालटार हुँदै वैकल्पिक बाटोमार्फत फोहर व्यवस्थापन गरे पनि नियमित परेको वर्षा र स्थानीयले फोहरको गाडी लैजान नदिने भनेपछि अहिले फोहर लैजाने काम पूर्ण रुपमा ठप्प भएको छ । लामो समयसम्म सडकमा फोहर थुप्रिँदा आवतजावत गर्न समस्या भएको छ ।

फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो । उहाँका अनुसार २०७० सालदेखि सुरु गरिएको सडक अहिलेसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।
‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, राईले भन्नुभयो, ‘त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’ सिसडाेल भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । अहिले फोहर व्यवस्थापन भइरहेको ठाउँभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लैजाने गरिन्छ ।
उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गएकाे फागुन र चैत महिनामा पनि ३२ दिन फोहरको व्यवस्थापन हुन सकेन ।
नियमित पानी पर्न सुरु गरेको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहर निस्कने हुँदा आउँदाे दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने काठमाण्डाै महानगरकाे भनाइ छ । फोहरकै करण आउने दिन उपत्यकामा ठूलो समस्या आउने भन्दै प्रमुख राई त्यस समस्या समाधानको लागि केन्द्र सरकारले तत्काल समाधानको पाटो खोज्नुपर्ने बताउनुहुन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै





प्रतिक्रिया