योविन्द्रसिंह तामाङ कांग्रेसबाट निष्काशित

विदुर खबर २०७९ वैशाख २० गते २१:३९

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले दुप्चेश्वर गाउँपालिकाका निर्वतमान अध्यक्ष योविन्द्रसिंह तामाङलाई पार्टीबाट निष्काशन गरेको छ ।

Advertisement

मंगलवार नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठले एक विज्ञप्ती जारी गर्दे पार्टीहित विपरितको काम गरेको भन्दै श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट नै निष्काशन गरेको जानकारी दिए ।

दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेद्धवारविरुद्ध अन्य दलबाट उम्मेद्धवारी दिएकोले तामाङलाई कांग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा क अनुसार पार्टीबाट निष्काहन गरिएको नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया