यसपटक विदुर कब्जा गर्छौ : बहादुरसिंह लामा
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता बहादुरसिंह लामाले नेपाली कांग्रेसले कुनैपनि हालतमा यो चुनावमा कांग्रेसले विदुर नगरपालिका कब्जा गर्ने बताएका छन् ।

आईतबार विदुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै लामाले कुनैपनि हालतमा कांग्रेसले यो पटक विदुर नगरपालिका कब्जा गर्ने बताएका छन् । लामाले लामो समय कम्युनिष्ट पार्टीले नगरपालिकाको नेतृत्व गर्दा विकास निर्माणको काम आफ्नो मान्छेको गाउँटोलमा मात्र सिमित भएकोले सबै गाउँ र क्षेत्रको विकास गर्न नगरपालिकामा कांग्रेसकोनेतृत्व स्थापित हुनुपर्ने बताए ।
उनले २०७४ सालमा नगरपालिकामा एमालेले जित्दा निरंकुशता हाबी भएको समेत उल्लेख गरे । लामाले नुवाकोटको तीन स्थानिय तह विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा आवश्यकता र औचित्यताको आधारमा तीन दलहरुबी गठबन्धन भएको बताए ।
उनले गठबन्धनमा रहेका दलहरुका उम्मेद्धवारहरुलाई विजयी गराउनु सबैको कर्तव्य भएकोले सबै दलहरु गठबन्धनप्रति ढुक्क हुनुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया