नुवाकोटमा दोस्रो पटक टिकट पाउने भाग्यमानि एकदर्जन बढी

नुवाकोट । नुवाकोट जिल्लाका प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र पार्टीभित्र आकाब्क्षी धेरै हुँदा व्यवस्थापन गर्न नसकेको, फरक–फरक दलबीचको गठबन्धनको कारण उम्मेदवारको सब्ख्या धेरै भए पनि जिल्लाका एक दर्जन प्रमुख–उपप्रमुखमा दोहोरिने भाग्यमानीमा परेका छन् ।

पार्टीभित्र नै आकाब्क्षी धेरै रहेको बेला चनावी परिणामलाई आफ्नो पक्षमा ु पार्न सत्तारूढ र विपक्षी पार्टीको फरक– फरक चनावी गठबन्धन बनेको कारण पार्टीका सीमित र शीर्ष नेतृत्वमा समेत उम्मेदवार छान्न हम्मे–हम्मे नै प¥यो । पद नपाएका कारण पार्टी छाड्ने र चनावमा बागी उम्मेदवार हनेको सब्ख्या उल्लेख्य रहेको भए पनि यही चनावी महासागरमा पालिकाका नौजना प्रमुख र तीनजना उपप्रमुखले दोस्रो कार्यकालका लागि दोहोरिने अवसर पाएका छन् ।
दोहोरिने भाग्यमानीमा नेकपा एमालेका नेता सञ्ज पण्डित विदुर नगरपालिकाको प्रमुख पदमा पुनः दोसोपटक प्रतिस्पर्धा गर्दै छन् । जिल्लाको दोसो नगरपालिका बेलकोटगढीमा नेकपा एमालेका नेता राजेन्दरमण खनालले दोस्रो कार्यकालका लागि उम्मेदवार दर्ता गराएका छन् । त्यसैगरी, एमालेकै नेता रमेशबहादु वस्तीले पनि दोसो कार्यकालका लागि तारकेश्वर गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । यी तीनवटा पालिका गत ०७४ को निर्वाचनमा एमालेले जितेको हो ।
यी तीनवटा पालिकामा सत्तागठबन्धनको कांग्रेस, माओवादी केन्द र एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् । कांग्रेसले गत ०७४ को निर्वाचनमा जितेको लिख गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर तामाङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा र म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ पनि दोहोरिने भाग्यमानीमा परेका छन् ।
नेकपा माओवादी केन्दको तर्फबाट ०७४ ्को निर्वाचनमा पञ्चकन्या गाउँपालिकाको प्रमुखमा निर्वाचित रमेश(तेज) बहादुर तामाब र गत निर्वाचनमा कांग्रेसबाट दुप्चेश्वरमा निर्वाचित योविन्दसिंह तामाबले यसपटक कांग्रेस परित्याग गरी एमालेको तर्फबाट दोसो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको तीनवटा पालिकाका उपप्रमुख पनि दोस्रोकार्यकालका लागि उम्मेदवार बन्ने भाग्यमानीमा परेका छन् ।
०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सूर्यगढी गाउँपालिकाको उपपम्रख पदमा निर्वाचित मञ्ज ुबुढाथोकी, तादी गाउँपालिकाको उपप्रमुख पदमा निर्वाचित ईश्वरी उप्रेती र दुप्चेश्वर गाउँपालिकाको उपपम्रख पदमा निर्वाचित अञ्जु आचार्यले सोमबार दोस्रो कार्यकालका लागि उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया