विदुरको १ र ४ वडामा गठबन्धन दलको सम्पर्क कार्यालय स्थापना

विदुर खबर २०७९ वैशाख १५ गते ६:४७

नुवाकोट । नुवाकोटमा स्थानिय चुनावको सरगर्मी बढ्दै गएको छ । मनोनयन दर्तापछि दलहरु चुनावी प्रचारको लागि घरदैलो अभियानमा हिँड्न थालेका छन् ।

Advertisement

यसैक्रममा गठबन्धन दलले विदुर नगरपालिका वडा नम्बर १ र ४ मा सम्पर्क कार्यालय बुधवार स्थापना गरिएको छ । विदुर १ को ढुङगे र विदुर ४ को बट्टार हावाघरमा संयुक्त गठबन्धन दलको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

सम्पर्क कार्यालयको विदुर नगपालिकाका मेयरका प्रत्यासी राजन श्रेष्ठ र उप—मेयरका प्रत्यासी प्रभा बोगटीले उद्घाटन गरेका हुन् ।

Advertisement

कार्यक्रममा नगरपालिकाका मेयरका प्रत्यासी राजन श्रेष्ठले स्थानिय निर्वाचन आउँन दुई साता मात्रा बाँकी रहेकोले आफुहरु कुनैपनि हालतमा चुनाव जित्ने बताए । उनले गठबन्धन दलका साझा उम्मेद्धवारहरुलाई जिताउनु सबैको कर्तव्य भएको बताए ।

कार्यक्रममा विदुर नगरपालिकाको उप—मेयरका प्रत्यासी प्रभा बोगटीले निर्वाचनमा गठबनधनमा रहेका दलहरु एकतबद्ध भएर लाग्नुपर्ने बताए । उनले सबै दलहरु एकजुट भएर अघि बढ्ता प्रतिगामीहरुलाई परास्त गर्न सकिने बताए ।

Advertisement

नुवाकोटको विदुर नगरपालिकामा निर्वाचनको लागि सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गर्ने निर्णय गरेका छन् । यससँगै जिल्लामा राजनीतिक दलहरुले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन् ।

विदुर नगरपालिका वडा नम्बर १ मा गठबन्धनको तर्फबाट वडाध्यक्षमा शंकर पाण्डे र विदुर ४ को वडाध्यक्षमा धुव्रलाल श्रेष्ठले उम्मेद्धवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया