धादिङका दुई वडामा एकल उम्मेदवारी
विदुर खबर
२०७९ वैशाख १४ गते ८:१८

नुवाकोट । धादिङको दुई वटा स्थानीय तहको दुई वडाहरुमा एकल उम्मेदवारी परेका छन् ।

जिल्लाको खनियाबास गाउँपालिका वडा नं ४ र गंगाजमुना गाउँपालिका वडा नं ४ मा एकल उम्मेदवारी परेको हो ।
खनियावास गाउँपालिका वडा नं ४ को दलित महिला सदस्यमा नेपाली कांग्रेसको तर्फबाट बिमला नेपालीको मात्र मनोनयन दर्ता भएको हो ।
त्यस्तै गंगाजमुना गाउँपालिका वडा नं ४ को वडा सदस्यमा नेकपा एमालेबाट रत्नमाया घलेको मात्र मनोनयन दर्ता भएको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया