नुवाकोटको दुई पालिकाको प्रमुखमा दुई महिलाले उम्मेद्धवारी दिए
विदुर खबर
२०७९ वैशाख १४ गते ८:११

नुवाकोट । जिल्लामा राजनीतिक ठूला दलका अधिकांश अध्यक्ष पुरुष उम्मेदवार छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई स्थानीय तहमा महिलालाई प्रमुख बनाएको छ ।

यस्तै विदुर नगरपालिका मेयरमा सुशीला खड्का र किस्पाङ गाउँपालिका अध्यक्षमा सुनमाया तामाङले राप्रपाबाट मनोनयन दर्ता गराएका हुन् ।
विदुर नगरपालिका वडा २ को अध्यक्षमा कांग्रेसकै दुई जना उम्मेदवार बनेका छन् ।
मुख्य निर्वाचन कार्यालयका अनुसार कांग्रेसका कपिल डंगोल र सुरज श्रेष्ठको उम्मेदवारी दर्ता भएको हो । कार्यालयले दुवैको नाम सूचना पाटीमा टाँसेको छ ।
सम्बन्धित
प्रतिक्रिया