नुवाकोटको दुई पालिकामा दलित महिला सदस्य निर्विरोध
विदुर खबर
२०७९ वैशाख १४ गते ८:००
नुवाकोट । स्थानीय तह निर्वाचनको लागि बेलकोटगढी नगरपालिका र म्यागङ गाउँपालिकामा दलित महिला सदस्यमा एक/एक जनाको मात्रै उम्मेदवारी परेका छन् ।

बेलकोटगढी वडा १ मा ठूलीकान्छी नेपाली र म्यागङ वडा ६ मा कमला बिकको उम्मेदवारी परेको हो । नेपाली नेकपा एकीकृत समाजवादी र बिक नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । दुवैलाई निर्विरोध घोषणा गर्नमात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएका छन् ।
जिल्लाको १२ वटै स्थानीय तहमा आइतबार र सोमबार गरी २ हजार ८७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले बताए ।
जिल्लामा २ नगरपालिका, १० गाउँपालिका र ८८ वटा वडा छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया