नुवाकोटका एमाले नेता श्रेष्ठले प्रदेश ईन्चार्जबाट रााजिनामा दिए

विदुर खबर २०७९ वैशाख ११ गते १३:२०

नुवाकोट । नेकपा एमाले नुवाकोटका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश ख का ईन्चार्ज गणेश श्रेष्ठले राजीनामा दिएका छन् ।

Advertisement

विदुर नगरपालिकाको मेयर, उप मेयर लगायतको टिकट वितरणमा एकलौटी भएको भन्दै श्रेष्ठले प्रदेश इन्चार्जबाट राजीनामा दिएको सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

प्रदेश ईन्चार्जबाट राजीनामा दिएका श्रेष्ठ पनि विदुर नगरपालिकाको मेयरको दाबेदारको रुपमा रहेका थिए ।

Advertisement

नेकपा एमालेले विदुर नगरपालिकाको मेयरमा सञ्जु पण्डित र उपमेयरमा अम्बिका पौडेललाई उम्मेद्धवार बनाएको छ ।

प्रतिक्रिया