एमालेबाट विदुरको मेयरमा पुन पण्डित
नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा विदुर नगरपालिकाको मेयरमा सञ्जु पण्डित दोहोरीने भएका छन् ।

नेकपा एमाले प्रदेश कमिटिको बैठकले विदुर नगरपालिकाको मेयर पण्डितलाई पुन दोहोराउने निर्णय गरेको हो । पण्डित नेकपा एमालेको जिल्ला कमिटिका सदस्य हुन् । मेयरको रुपमा पाँच वर्ष काम गरेका पण्डितले विकासप्रेमी नेताको रुपमा आफ्नो छवि कायम गरेका थिए ।

मेयर पण्डितलाई उप–मेयरको रुपमा अम्बिका पौडेलले साथ दिने भएकी छिन् । उप–मेयरको टिकट पाउन सफल पौडेल नेकपा एमाले जिल्ला कमिटिकी सदस्य हुन् । उनी लामो समयदेखि अखिल नेपाल महिला संघमा कार्यरत रहेकी छिन् ।
यसँगै विदुर नगरपालिकाको चुनावी भिडन्त रोचक हुने देखिएको छ । माओवादी केन्द्रले मेयरको लागि प्रभा बोगटीको नाम सिफारिस गरेको छ भने कांग्रेसले आफनो उम्मेद्धवार अझै छनोट गर्न सकेको छैन ।
पौडेलले उप–मेयरको टिकट पाएसँगै अहिलेकी विदुर नगरपालिकाकी उप–मेयर गिता दाहाल रिङ आउट भएकी छिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया