दाङमा ६ महिनामा ७४ सवारी दुर्घटनामा ४२ को मृत्यु
दाङ । दाङमा चालु आर्थिक वर्षको ६ महिनामा ७४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा ४२ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यलय दाङका प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले बताए ।
“६ महिनामा ७४ दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ,” उनले भने, “सबैभन्दा धेरै मोटरसाइकल ४२, बस १५, जिप कार १३, ट्रक १२, ट्रयाक्टर ६ र ५ वटा ट्याम्पु गरी ९३ वटा सवारीका साधन दुर्घटनामा पेरेका छन् ।”
गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सख्या ७१ थियो भने यस आर्थिक वर्षको ६ महिनाको अवधिमा ४२ जनाले ज्यान गुमाएको वाग्ले जानकारी दिए ।
मोटरसाइकल दुर्घटनामा परी घाइते साउन मसान्तबाट पुस मसान्तसम्म ४५ पुरुष, १९ महिला, ९ बालक र ६ बालिका गरी ७९ जना घाइते भएका छन् ।
यस्तै मुत्यु हुनेमा २७ पुरुष, ६ महिला, ६ बालक र ३ बालिका रहेका छन् । अधिकांस दुर्घटना चालकको लापरवाहीको कारणले हुने गरेको अध्ययनले देखाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया