नुवाकोटमा गठबन्धन फुट्यो, जसपाद्धारा अलग भएको घोषणा
नुवाकोट । नुवाकोटमा रहेका सत्तारुढ गठबन्धनका दलहरुविच पद फाँडफाँडमा विवाद देखिएपछि गठबन्धन फुटेको छ ।

गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले आफुलाई स्थानिय तहको पद बाँडफाँडमा उपेक्षा गरेको भन्दै गठबन्धनबाट अलग हुने घोषणा गरेको छ ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष ईश्वर राउतले शुक्रवार राती एक विज्ञप्ती जारी गर्दे आफुहरु गठबन्धनबाट अलग भएको बताएका छन् । २०७९ वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा जनता समाजवादी एक्लै चुनावमा लड्ने र जनता समाजवादी तत्काल गठबन्धनबाट वाहिर रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसअघि शुक्रवार साँझ नै नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रमेश कुमार रहत र माओवादी केन्द्रका तर्फबाट संयोजक पुष्प लामिछानेले एक विज्ञप्ती सार्वजनिक गरि विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा चार दलीय गठबन्धन हुने बताएका थिए ।

तर सो विज्ञप्तीमा असहमति जनाउँदै एकिकृत समाजवादी र जनता समाजवादीका नेताहरुले हस्ताक्षर गरेका छैनन् ।
एकिकृत समाजवादी र जनता समाजवादीका नेताहरुले पद फाँडफाँडमा आफुहरुलाई उपेक्षा गरेको भन्दै गठबन्धनबाट बाहिरिने बताएका हुन् ।
गठबन्धनबाट वाहिरएको जसपाले आवश्यकताको आधारमा अन्य पार्टीसँग सहमति गरेर अगाडी बढुने समेत निर्णय गरेको नेता राजन वमले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया