नुवाकोटमा गठबन्धन फुट्यो, जसपाद्धारा अलग भएको घोषणा

विदुर खबर २०७९ वैशाख ९ गते २१:५६

नुवाकोट । नुवाकोटमा रहेका सत्तारुढ गठबन्धनका दलहरुविच पद फाँडफाँडमा विवाद देखिएपछि गठबन्धन फुटेको छ ।

Advertisement

गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले आफुलाई स्थानिय तहको पद बाँडफाँडमा उपेक्षा गरेको भन्दै गठबन्धनबाट अलग हुने घोषणा गरेको छ ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष ईश्वर राउतले शुक्रवार राती एक विज्ञप्ती जारी गर्दे आफुहरु गठबन्धनबाट अलग भएको बताएका छन् । २०७९ वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा जनता समाजवादी एक्लै चुनावमा लड्ने र जनता समाजवादी तत्काल गठबन्धनबाट वाहिर रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Advertisement

यसअघि शुक्रवार साँझ नै नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रमेश कुमार रहत र माओवादी केन्द्रका तर्फबाट संयोजक पुष्प लामिछानेले एक विज्ञप्ती सार्वजनिक गरि विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा चार दलीय गठबन्धन हुने बताएका थिए ।

तर सो विज्ञप्तीमा असहमति जनाउँदै एकिकृत समाजवादी र जनता समाजवादीका नेताहरुले हस्ताक्षर गरेका छैनन् ।

Advertisement

एकिकृत समाजवादी र जनता समाजवादीका नेताहरुले पद फाँडफाँडमा आफुहरुलाई उपेक्षा गरेको भन्दै गठबन्धनबाट बाहिरिने बताएका हुन् ।

गठबन्धनबाट वाहिरएको जसपाले आवश्यकताको आधारमा अन्य पार्टीसँग सहमति गरेर अगाडी बढुने समेत निर्णय गरेको नेता राजन वमले जानकारी दिए ।

प्रतिक्रिया