अर्जुननरसिंह केसीका पूर्व स्वकीयसचिव ढुंगानाद्धारा कांग्रेस परित्याग

विदुर खबर २०७९ वैशाख ९ गते ९:३९

नुवाकोट । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीका पूर्व स्वकीयसचिव जनकराज ढुंगाना (कालु)ले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन ।

Advertisement

कामको शिलशिलामा हाल अमेरिकामा रहेका ढुंगानाले नेपाली समय अनुसार शुक्रबार बिहानै सामाजिक सञ्चाल मार्फत उनले एक दशकको नेपाली कांग्रेससँगको नाता तोडेको बताएका छन ।

१४ औँ महाधिवेशनपछि जिल्ला सभापति रमेशकुमार महत समूहले फरक विचार समूहका नेता, कार्यकर्तामाथि कात्लेआमको नीति लिएर एकोहोरो पेलिरहेको समयमा ढुंगानाको पार्टी परित्यागलाई अर्थपूर्ण रूपमा हेरिएको छ । चर्चित बालसेना ढुंगाना २०७० को चुनावमा नेपाली कांग्रेसमात्र प्रवेश गरेका थिएनन् उनले केसीलाई त्यसबेला नुवाकोटको क्षेत्र नम्बर २ बाट चुनाव जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

Advertisement

उनले अमेरिकाबाटै जिल्ला सभापति रमेश महतलाई आफ्नो क्रियाशिल सदस्यता खारेज गर्न अनुरोध गरेका छन । २०७० सालमा कांग्रेस प्रवेश गर्नुअघि ढुंगाना नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य एवं अखिल क्रान्तिकारी नुवाकोटको उपाध्यक्ष रहेका थिए । ढुंगानाले कांग्रेस प्रवेश गरेपछि पाँच वर्ष नेता केसीको सचिवालयमा काम गरेका थिए ।

प्रतिक्रिया