एमालेविरुद्ध पूर्व राजावादीहरु लागेका छन् : ओली
नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो दलविरुद्ध पूर्व राजावादीहरु लागेको बताएका छन्। एमालेप्रतिको जनलहर देखेर पूर्व राजावादीहरुले अनेक आरोप र षड्यन्त्र गरिरहेको ओलीको आरोप छ।

नुवाकोटको बट्टार बजारमा आयोजित बृहत् जनसभा कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले एमालेप्रति जनताको साथ देखेर अत्तालिएकाहरुले मेरै जिल्ला र मेरै नगरपालिकामा पूर्व राजावादीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने भनेर अर्को षड्यन्त्र बुनिरहेको बताए। उनले एमालेलाई पराजित गर्ने शक्ति राजावादीमात्र होइन, जुनसुकै वादीहरु मिलेर आए पनि नसक्ने बताए।
सर्वोच्च अदालतबाट बनेको गठबन्धनको सरकारले देशमा जनताको पक्षमा केही गर्न नसकेको उनले आरोप लगाए। एमालेलाई घेराबन्दी गर्ने नाममा पाँच दलले बनाएको गठबन्धन मकैको ढोडको लौरो भएको उनको भनाइ थियो।
एमालले गरेको विकासप्रति लज्जित भएकाले अनेक जालझेल गरेर प्रतिपक्षमा पुर्याइए पनि देशमा जनताको पक्षमा एमालेले विकासको लहर ल्याएको उनले बताए। उनले एमाले एकक्षणका लागि प्रतिपक्षमा भए पनि अब सबै चुनावपछि फेरि सत्तामा जाने बताए। ‘अहिले एमाले केही क्षणका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन,’ उनले भने।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना
यूएईको ग्यास केन्द्रमा मिसाइल खस्दा एक जनाको मृत्यु, ४ जना घाइते
फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?





प्रतिक्रिया