एमालेबाट विदुरको मेयरमा १० र उपमेयरमा १३ जना आकांक्षी
नुवाकोट । नेकपा एमालेबाट विदुर नगरपालिकाको मेयरमा १० जना र उपमेयरमा १३ जना आकांक्षी देखिएका छन ।

मंगलवार भएको नेकपा एमाले विदुर नगर कमिटीको विस्तारित बैठकमा आंकाक्षीहरुको नाम संकलन गर्दा मेयरमा १० जना र उपमेयरम १३ जना पुगेका हुन ।
केन्द्रीय कमिटीका सदस्य तथा नुवाकोट जिल्ला ईन्चार्ज विन्दा ढुङ्गानाको प्रमुख आतिथ्यता र नगर कमिटीको अध्यक्ष नविन प्रधानको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नेताहरुले सर्वसम्मत उम्मेदवार चयन गर्न प्रयास गरे पनि सफल हुन नसकेको हो ।
विदुर नगरपालिकाको मेयरमा नगरपालिकाका अहिलेका मेयर सन्जु पण्डित,रामकृष्ण खड्का, गणेश कुमार श्रेष्ठ, नारायण घिमिरे, रामहरि अधिकारी, शिवकुमार चित्रकार, अनुजकुमार श्रेष्ठ, ठाकुरप्रसाद गजुरेल, बुद्धिबहादुर प्रधान र देवचन्द्र भट्टले आकांक्षा राखेका छन ।

उपमेयर पदमा अहिलेकाी उपमेयर गिता दाहाल, निर्मला अधिकारी, सावित्री प्याकुरेल, रिता थपलिया, इन्दिरा अधिकारी र बच्चुमाया सुनारीमगर आकांक्षी रहेका छन् ।
यस्तै अन्यमा रूपा थापा, डिल्लीराज गजुरे, कमला अधिकारी, लक्ष्मी प्रधान, अम्विका पौडेल, रजनी कार्की, पार्वती प्याकुरेलले आकांक्षा राखेको विदुर नगर कमिटिका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए ।
नुवाकोटको सदरमुकाममा रहेको विदुर नगरपालिकामा २०७४ को स्थानीय तहको चुनावमा कांग्रेस र माओवादीका उम्मेदवारलाई हराउँदै एमालेको तर्फबाट मेयरमा सञ्जु पण्डित र उपमेयरमा गिता दाहाल विजयी भएका थिए । मेयर पण्डित र उपमेयर दाहालले अहिले पनि सोही पदमा आकाक्षा व्यक्त गरेका छन् ।

विदुर नगर कमिटिका सचिव अनुजकुमार श्रेष्ठका अनुसार मंगलबारको बैठकमा आकांक्षीहरुको नाम संकलन गरिएको बताए । यी नाममध्येबाट सर्वसम्मत उम्मेदवार चयनको प्रयास गर्ने र सफल नभए सबैको नाम प्रदेश कमिटीमा पठाउने उनले बताए ।
विदुर नगरपालिकाको निर्वाचन आफ्नो पक्षमा पार्न यतिखेर नुवाकोटमा राजनिति दलहरुले चुनावी अभियान तिव्र पारेका छन् । माओवादी केन्द्रले विदुरको मेयरमा प्रभा बोगटीलाई उम्मेद्धवार बनाउने निर्णय समेत गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया