किस्पाङ गाउँपालिकामा पनि चार दलको गठबन्धन हुने
विदुर खबर
२०७८ चैत २५ गते १९:०५

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकामा पनि सत्तारुढ चार दलले गठबन्धन गर्ने भएका छन् ।

शुक्रवार किस्पाङ गाउँपालिकामा बसेको चार दलिय गठबन्धनको बैठकले आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको नेपाली कांग्रेस किस्पाङ गाउँपालिकाका सभापति रण बहादुर लामाले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेसका सभापति रणबहादुर लामा, नेकपा माओवादी केन्द्र किस्पाङ गाउँपालिकाका अध्यक्ष सुमनसिंह लामा, एकिकृत समाजवादीका ईन्चार्ज पाल्देन लामा र जनता समाजवादी पार्टीका ईन्चार्ज धनवहादुर गुरुङ सहभागी भएका थिए ।

यसअघि नुवाकोटको विदुर नगरपालिकामा पनि सत्तारुढ चार दलले स्थानिय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया