वाग्मती प्रदेशका छोरीलाई सरकारले पढाउँछ : मुख्यमन्त्री पाण्डे

विदुर खबर २०७८ चैत २५ गते ७:४५

नुवाकोट । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वाग्मती प्रदेशका सबै छोरीलाई अब प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गराउने बताएका छन् । 

Advertisement

गैर सरकारी संस्था महासंघ वाग्मती प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका सबै छात्रालाई सामुदायिक क्याम्पसमा उच्च शिक्षा पढाइदिने बताए ।

उनले प्रदेशका ११९ वटै पालिकाले एक जनाका दरले दलित, जनजाति र पिछडिएका समुदायको छात्र वा छात्रालाई प्राविधिक शिक्षाका लागि सिफारिस गर्ने र प्रदेश सरकारले पढाउने व्यवस्था मिलाइने जनाए ।

Advertisement

साथै जनताको हित हुने कार्यक्रमको प्रस्ताव ल्याउनका लागि मुख्यमन्त्री पाण्डेले गैससलाई निर्देशन दिए । त्यसैगरी वाग्मती प्रदेश सांसद मुनु सिग्देलले गैरसरकारी संस्थाले विपद्मा जनताका लागि राहतको कार्य गरेर सरकारको सहयोगी र अभिन्न अंग बन्दै आएको बताइन् । गैरसरकारी संस्था र नागरिक समाजले सरकारलाई सुझाव दिने र खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने गरेको बताइन् ।

प्रतिक्रिया