विदुरको मेयरमा कांग्रेस नेतृ अमात्यको चर्चा

विदुर खबर २०७८ चैत २४ गते २२:२७

नुवाकोट । कोही कसैलाई दुख पर्दा होस् वा आर्थिक सहयोग गर्नुपरेमा सबैले लिने एउटै नाम हो गिता अमात्य । समाजसेवाको अर्काे नाम बनिसकेकी तिनै अमात्यको नाम अहिले विदुर नगरपालिकाको मेयरको लागि चर्चामा आउन थालेको छ ।

Advertisement

२०७४ सालको स्थानिय निर्वाचनमा उप–मेयरमा झिनो मतले पराजित अमात्य यसपटकको स्थानिय निर्वाचनमा मेयरको दौडमा छिन् । केन्द्रदेखि स्थानिय तहसम्म सत्तारुढ दलहरु अहिले गठबन्धन गर्ने चर्चा चलिरहँदा समेत उनै अमात्य अहिले मेयरको रेसमा सबैभन्दा वलियो उम्मेद्धवारको रुपमा अगाडी देखिएकी छिन् ।

२०५० सालमा निलकण्ठ मावि रसुवाको नेविसंघको संस्थापक सदस्यबाट राजनिति शुरु गरेकी अमात्यले पहिलो पटक २०५४ सालमा कांग्रेसको सक्रिय सदस्यता पाएकी थिइन् । सानै उमेरदेखि हक्की स्वभावकी अमात्य २०७० सालमा नेपाल महिला संघ नुवाकोटको सदस्य भएकी थिइन् ।

Advertisement

राजनितिसँगै व्यवसायमा लागेकी उनी पहिलो पटक व्यवसायिकहरुको छाता संस्था नुवाकोट उद्योग वाणिज्य संघमा पहिलो पटक एकमात्र महिला सदस्यको रुपमा रहेकी थिइन् । तत्कालिन समयमा महिलाहरु चुलोचौका र घरधन्दामा मात्र सिमित रहनुपर्छ भन्ने मनासयलाई उनै अमात्यले हटाउँदै सर्वाधिक मत ल्याएर महिला सदस्यमा जित हात पारेकी थिइन् ।

त्यसपछि कोषाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अघि बढेकी अमात्यले समाजसेवा, व्यवसाय र राजनितिलाई सँगसँगै अगाडी बढाउँदै आएकी छिन् । उनी नेपाली कांग्रेसको १४ महाधिवेशनमा सर्वाधिक मतसहित महासमिति सदस्यमा विजयी भएकी थिइन् ।

Advertisement

विशेष गरि असहाय, गरिव र दुखीको सेवामा रमाउने अमात्यले कोरोना भाइरसले मुलुक थाङ्थिलो भएको समयमा खाद्यान्न अभावका कारण छाक टार्न समस्या परेका दिन दुखी र बृद्धाहरुलाई घरघरमा खाद्यान्नको व्यवस्था गराउने देखि अस्पतालमा स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउन ज्यानको बाजी नै थापेर लागेकी थिइन् ।

कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनमा अस्पतालमा सेनिटाइजर, पिपिइ सेट वितरण, जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुमा कन्सन्टेटर तथा अपाङ्गता भएका व्यक्तिहरुलाई राहात, स्वास्थ्य सामाग्री तथा सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरुलाई खाजको व्यवस्थामा उनको दिनचर्या बित्ने गरेको थियो । निरन्तर समाजसेवा सँगै राजनितिमा सक्रिय भएकी अमात्यले आफुले निस्वार्थ भावनाले जनताको सेवा गरेको बताउने गरेकी छिँन् ।

संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ भनेको छ । तर अमात्य भने आफु मेयरको लागि योग्य रहेकोले आफु विदुर नगरपालिकाको मेयर भएमा जनप्रिय काम गर्ने बताउँछिन् ।

अबको एक महिनापछि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ । यसपालि दलहरूले आफ्नो सोच परिवर्तन गरेर महिलालाई नेतृत्वको अवसर दिनुपर्ने र पुरूषहरूको हालिमुहाली हटाउनलाई आफुले मेयरमा दाबी गरेको उनले बताएकी छिन् ।

प्रतिक्रिया