सिद्धार्थ ग्रुप र वाटर टावरबीच व्यवस्थापकीय साझेदारी

विदुर खबर २०७८ चैत २४ गते १९:२०

नुवाकोट । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले नुवाकोटको होटल वाटर टावरसँग व्यवस्थापकीय साझेदारी गर्ने भएको छ ।

Advertisement

बिहिबार होटलमा आयोजित पत्रकार सम्मेलनमा ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले नुवाकोटको पर्यटन विकास प्रबर्द्धनसहित होटलमा अत्याधुनिक सेवा विस्तार गर्न होटलसँग व्यवस्थापकीय सम्झौता गरिएको जानकारी दिए ।

ग्रुपले स्थानीयमा रोजगारीको सिर्जना, कृषि उपज उत्पादनको प्रबर्द्धनलगायत देशका अन्य शाखाहरुसमेत नुवाकोटको पर्यटनको प्रचारप्रसारसहित होटलको सेवा विस्तार गर्दै अघि बढ्ने उनले जानकारी दिए । ग्रुपसँग सम्झौता भएतापनि होटल हिमनदी पर्यटन सहकारीमार्फत सञ्चालित हुने उनले बताए ।

Advertisement

कार्यक्रममा होटल सञ्चालक समितिका सचिव ध्रुवप्रसाद रिमालले नुवाकोट जिल्ला लगायत बागमती प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ ग्रुपसँग व्यवस्थापकीय सहकार्य गरिएको बताए ।

टिकापुरबाट सुरु भएको सिद्धार्थ ग्रुपले देशका प्रमुख शहरहरु गरी २९ स्थानहरुमा हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ । ग्रुपले नेपालगन्जमा चारतारे होटलसहित महेन्द्रनगर, कैलालीको टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, ट्राभल, हस्पिटालिटी ट्रेड, कृषि, आइटी कम्पनीलगायत कम्पनी सञ्चालन गर्दै आएको छ ।

Advertisement

अबदेखि होटल वाटर टावर सम्झौतापश्चात सिद्धार्थ वाटर टावर नाममा सेवा प्रदान गर्ने होटलका कार्यकारी प्रमुख राममणि अधिकारीले बताए । नयाँ व्यवस्थापकीय सुविधासहित होटलमा आकर्षक र आरामदायी ३३ रुमसहित रेष्टुरेन्ट, अत्याधुनिक सभाहल, स्विमिङ पुललगायतका सुविधा विस्तार गरी आगामी नयाँ वर्षदेखि सेवा प्रदान गर्ने जनाएको छ ।

करिब १५ करोड लगानीमा १४४ जनाको लगानीमा २०७३ सालमा ‘वाटर होटल’ सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया