सिद्धार्थ ग्रुप र वाटर टावरबीच व्यवस्थापकीय साझेदारी
नुवाकोट । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले नुवाकोटको होटल वाटर टावरसँग व्यवस्थापकीय साझेदारी गर्ने भएको छ ।

बिहिबार होटलमा आयोजित पत्रकार सम्मेलनमा ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले नुवाकोटको पर्यटन विकास प्रबर्द्धनसहित होटलमा अत्याधुनिक सेवा विस्तार गर्न होटलसँग व्यवस्थापकीय सम्झौता गरिएको जानकारी दिए ।
ग्रुपले स्थानीयमा रोजगारीको सिर्जना, कृषि उपज उत्पादनको प्रबर्द्धनलगायत देशका अन्य शाखाहरुसमेत नुवाकोटको पर्यटनको प्रचारप्रसारसहित होटलको सेवा विस्तार गर्दै अघि बढ्ने उनले जानकारी दिए । ग्रुपसँग सम्झौता भएतापनि होटल हिमनदी पर्यटन सहकारीमार्फत सञ्चालित हुने उनले बताए ।
कार्यक्रममा होटल सञ्चालक समितिका सचिव ध्रुवप्रसाद रिमालले नुवाकोट जिल्ला लगायत बागमती प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ ग्रुपसँग व्यवस्थापकीय सहकार्य गरिएको बताए ।
टिकापुरबाट सुरु भएको सिद्धार्थ ग्रुपले देशका प्रमुख शहरहरु गरी २९ स्थानहरुमा हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ । ग्रुपले नेपालगन्जमा चारतारे होटलसहित महेन्द्रनगर, कैलालीको टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, ट्राभल, हस्पिटालिटी ट्रेड, कृषि, आइटी कम्पनीलगायत कम्पनी सञ्चालन गर्दै आएको छ ।
अबदेखि होटल वाटर टावर सम्झौतापश्चात सिद्धार्थ वाटर टावर नाममा सेवा प्रदान गर्ने होटलका कार्यकारी प्रमुख राममणि अधिकारीले बताए । नयाँ व्यवस्थापकीय सुविधासहित होटलमा आकर्षक र आरामदायी ३३ रुमसहित रेष्टुरेन्ट, अत्याधुनिक सभाहल, स्विमिङ पुललगायतका सुविधा विस्तार गरी आगामी नयाँ वर्षदेखि सेवा प्रदान गर्ने जनाएको छ ।
करिब १५ करोड लगानीमा १४४ जनाको लगानीमा २०७३ सालमा ‘वाटर होटल’ सञ्चालनमा आएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया