काठमाण्डौको फोहोर चार दिनदेखि उठेन
नुवाकोट । अवरोधका कारण फेरि काठमाडौंमा फोहोर उठाउने काम बन्द भएको छ ।

मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले चार दिनदेखि आन्दोलन गरेका कारण फोहोर व्यवस्थापन ठप्प भएको हो । सरकारले ७ वर्षदेखि ठेक्का लिएको शैलुङ कन्ट्रक्सनले कालोपत्र नगरेको कारण स्थानीयले बाटो अवरुद्ध गरी फोहोर व्यस्थापन ठप्प पारेका थिए ।
यसअघि गएको फागुन १ देखि १२ गतेसम्म बाटो बन्द भएपछि ठेकेदार कम्पनीले तत्काल कालोपत्रे गर्ने जनाएको थियो । एक महिना नाघिसक्दा पनि कालोपत्रे नगरेको भन्दै फोहोर व्यस्थापनमा अवरोध पुर्याएका हुन् ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका सिसडोल इन्चार्ज रविन प्यासीले स्थानीयबासीसँग छलफल भइरहेको बताउँदै एक दुई दिनभित्रै फोहोर व्यवस्थापन हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हिजोबाट पिच गर्ने सामान ल्याउन थालेको छ । सायद काम शुरू गरेलगत्तै सिसडोलमा फोहोर पुर्याउन शुरू गर्नेछौं ।’
स्थानीयवासीको नाममा पटकपटक फोहोर व्यवस्थापन कार्यमा अवरोध भएपछि राजधानीलगायत १८ स्थानीय निकायको फोहोर बाटोमै थुप्रिएको छ । कामपा सिसडोल ल्यान्डफिल साइट प्रमुख प्यासीले भन्नुभयो– ‘स्थानीयसँग छलफल गरिरहेका छौं, अब समस्या नहोला ।’ यसअघि विभिन्न माग राख्दै सिसडोलवासीले फोहोर अवरुद्ध गरेका थिए ।
१२ दिनसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि मन्त्री परिषद्को बैठकले टाक्स फोर्स गठन गरेको थियो । कामपाका कार्यकारी अधिकृत सदस्यसचिव रहेको टाक्सफोर्सले काम गर्न नपाउँदै फेरि फोहोर व्यवस्थापनमा अवरोध आएको छ ।
स्थानीयको अवरोधका कारण फागुन महिनामा मात्रै योसमेत गरी तेस्रोपटक फोहोर अवरुद्ध भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया