निगमको ७ वटा विमान ग्राउण्डेड, आन्तरिक उडान प्रभावित

विदुर खबर २०७५ भदौ ७ गते ०:५९

Advertisement

काठमाडौं, नेपाल वायूसेवा निगमको ७ वटा विमान ग्राउन्डेड भएको छ । आन्तरिक उडानमा रहेको ९ वटा विमानमा अहिले ७ वटा विमान ग्राउन्डेड भएको हो ।

ती विमानहरू ग्राउन्डेड भएपछि आन्तरिक उडानहरु पनि प्रभावित भएका छन् । निगमले चीनबाट आयत गरेको वाई १२ ई ४ १७ सिट क्षामताका विमानमध्ये अहिले एउटा मात्र संचालनमा रहेको छ भने ३ वटा विमान ग्राउन्डेड भएको छ । चीनको हार्विन एयरक्राफ्टद्वारा निर्मित वाइ–१२ ई सिरिजका ४ वटा विमान रहेका छन् ।

Advertisement

चीनबाट नै आयत गरिएको २ ओटा एमए–६० विमानमध्ये १ मात्र सञ्चालनमा रहेको छ । अर्काे एमए –६० मर्डन आर्ट ५६ सिट विमान गत महिना ग्राउन्डे भएर साउनको तेस्रो हप्तामात्र सञ्चालनमा आएको थियो ।
हिमाली र पहाडी क्षेत्रमा उडान भर्दै आएको ट्विन्अटर विमान १ समेत ग्राउन्डे अवस्थामा रहेको छ । ३ ट्विन्टर विमानमध्ये एउटा विमान केही समयदेखि ग्राउन्डेड छ । निगमका अनुसार नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले २ वटा ट्वीनअटर विमान ग्राउन्ड अवस्थामा रहेको छ । ४२ वर्षभन्दा पुराना ट्वीनअटर लिलामी गर्न क्यानेडाको विमान कम्पनी भ्याकीङस“ग प्रकृया अगाडि बढाइए निगमले नै ढिलाई गर्दा काम समयमा हुन सकेन । उक्त कार्य सम्पन्न हुन करिव २ वर्षसम्म लाग्ने अनुमान निगमको छ ।

निगमले विमान संख्या थपेस“गै नेपालका विमानस्थलमा उडान भर्ने योजना रहेको छ । अर्काेतर्फ करिव १७ सिट क्षमताको वाई १२ विमान ४ विमानमा ३ विमान नै त्रिभूवन विमानस्थलमानै ह्याङगर मर्मत सम्भार गरिरहेको छ । महिनै सम्म चिनीयाँ पाइलट अभावले गर्दा उडान भर्ने नसकेका ती विमान हाल भने पाईलको परि पूर्ति भैसकेको भएपनि विमान ग्राउन्डेड हुदा १ मात्र संचालनमा रहेको छन् । निगमले सहुलियत ऋण र अनुदानमा पाएको चीनीयाँ विमान निगमको लागि घाटो जस्तै भएको छ । चीनीयाँ पाट पुर्जा आयत गर्नु पर्ने भनेको समयमा मर्मत गर्न कठिन र मर्मत गर्ने जनशत्तिको अभाव हुदा खेरी निगमलाई उक्त विमानहरु घाटा वढाउने माध्यम मात्र वनेको निगम स्रोतले जनाएको छ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले ग्राउन्डेड भएका विमानमा प्राविधिक समस्या आएकाले केही दिनमानै विमान संचालनमा आउने बताउनुभयो ।

Advertisement

पहिलोचरणमा ल्याइएका दुईवटा विमानमा प्राविधिक समस्या आएपछि पछिल्लेपटक ल्याएको विमानमा भने प्राविधिक उपकरण तथा स्पेयर पार्टससमेत काठमाडौँमा नै उपलब्ध गराउने चिनियाँ पक्षसँगको प्रतिबद्धताअनुरुप निगमले सो चीनीयाँ विमान ल्याएको थियो । सामान्यतया विमान खरिद गरेपछि विमानको प्राविधि समस्या आउदा स्पेयर पार्टसको सपोर्ट गर्नुे सम्भौता रहेको हुन्छ ।

तर चीनीयाँ पक्षले भने चिनीयाँ विमानको स्पियर पार्ट माग गर्दा महिनौ समय लगाउने र प्राविधिक पक्ष समयमा नै उपल्वध नहुने समस्याले गर्दा निगमका चिनियाँ विमान महिनैसम्म ग्रउन्डेड भएर वस्नु परेको निगम स्रोतको दावी छ । चीनीयाँ पक्षले यस्को लागि प्रर्याप्त सहयोग नगरेका कारण विमान ग्राउन्डेड भएको निगम स्रोतको दावी छ । निगमले ८ वटा अन्तर्राष्ट्रिय र २३ वटा आन्तरिक गन्तव्यमा सेवा उडान भरिरहेको थियो ।

नेपाल सरकार र चीन सरकारबीच वि.स. २०६९ सालमा दुईओटा विमान अनुदान र ४ ओटा जहाज सहुलियतपूर्ण ऋणमा लिने सम्झौता भए बमोजिमका ६ ओटै विमान नेपाल आएका थिए ।

सहुलियत ऋणमा निगमलाई एक्जिम बैंकमार्फत ऋण प्राप्त भएपछि निगमले विमान खरिद गरेको थियो । उक्त बैंकले निगमलाई ६ अर्व ६७ करोड १० लाख रुपियाँ ऋण दिएको थियो । सम्झौताबमोजिम २०७१ बैशाखमा पहिलो एमए–६० मर्डन आर्ट विमान र कात्तिकमा वाई–१२ ई जहाज अनुदानस्वरुप ल्याएको थियो । यस्तै २०७३ मा अर्को एमए–६० मर्डन आर्ट र एउटा वाइ–१२ ई जहाज ल्याइएको थियो । गत वैशाख ४ गते विमान हस्तान्तरण गर्दा चिनिया“ कम्पनी सिभिक इन्टरनेशनलका अध्यक्ष ली वेइसुआङले नेपाललाई जहाज दिन पाउ“दा खुशी लागेको बताउनुभएको समाचार आजको समाचारपत्र दैनिकमा छ ।

 

प्रतिक्रिया