डा. महतद्धारा एकैदिन दुई पुल उद्घाटन

विदुर खबर २०७८ चैत १८ गते २२:०७

नुवाकोट । सूर्यगढी गाउँपालिका ५ गणेशस्थान र लिखु गाउँपालिका ४ चौघडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

Advertisement

नेपाली कांग्रेसका नेता रामशरण महतले बिहीबार गणेशस्थानस्थित माछापोखरीमा उक्त झोलुङपुलको उद्घाटन गरेका हुन् ।

लिखु गाउँपालिका ४ चौघडाका स्थानीय सूर्यगढी गाउँपालिका ५ स्थित बगर खेतमा खनजोत गर्न र रोपाइँ गर्नका लागि तादी खोला तरेर जाने गर्थे । यो पुलले दुई गाउँपालिकाबीचको दूरी घटाएको कांग्रेस नेता महतले बताए ।

Advertisement

त्यसैगरी झोलुङ्गे पुल उद्घाटनपछि सूर्यगढी गाउँपालिका ४ हल्लेकालिका र वडा नं. ५ गणेशस्थान जोड्ने खारेखोलामाथिको पक्की पुलको समेत नेता महतले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया