नुवाकोटमा कांग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन हुने

नुवाकोट । नुवाकोटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बीचमा गठबन्धन गर्ने सहमति भएको छ ।

केन्द्रीय नीति अनुसार जिल्लामा गठबन्धनको अधिकार पाएकाले नुवाकोटमा कांग्रेस, माओवादी र समाजवादीका नेताहरूले छलफल गरी प्रारम्भिक सहमति गरेर गठबन्धन गर्ने निर्णय गरेका छन ।
केन्द्रमा पाँच दलीय भए पनि नुवाकोटमा तीन दल मिल्ने भएका छन । नेपाली कांग्रेसका सभापति रमेशकुमार महत, नेकपा मओवादी केन्द्रका संयोजक पुष्प लामिछाने र नेकपा एकीकृत समाजवादीका नेता गोविन्द नेपालीको बीचमा गठबन्धन गर्ने र बाँकी भागवण्डाका लागि पुन छलफल गर्ने सहमति भएको छ ।
उनीहरू तीनै जनाले संयुक्त हस्ताक्षर गरेर विज्ञप्ति नै जारी गरेका छन । जिल्लास्तरमा गठबन्धनको निर्णय गर्ने सम्भवतः नुवाकोट पहिलो जिल्ला बनेको छ ।

नुवाकोटको १२ वटा पालिका मध्ये तीनमा नेतृत्वसहित एमाले, दुइमा माओवादी र ७ वटा पालिकामा नेपाली कांग्रेसले प्रमुख जितेका थिए । कांग्रेसले विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा गठबन्धन गर्न जोड गरेको छ भने माओवादी र समाजवादीले सबै पालिका र वडामा गठबन्धन गरेर जानुपर्ने बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया