विद्यालय विवरण पठाउन स्थानीय तहलाई निर्देशन

विदुर खबर २०७८ चैत १८ गते २१:४८

नुवाकोट । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कार्यक्रम तर्जुमा गर्न विद्यालयहरुको आधारभूत विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

Advertisement

केन्द्रले सूचना जारी गर्दै विवरण चैत्र २२ गते भित्र अनलाइनमार्फत अद्यावधिक गर्न र उक्त फारामको प्रमाणित प्रति इमेल गर्न अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०७९÷०८० को बार्षिक कार्यक्रम तथा बजेट तयारीको कार्य अन्तिम चरणमा रहेको र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मा प्रविष्ट विवरणमा बजेट बिनियोजन प्रयोजनको लागि सत्यापन गर्न जरुरी रहेकोले अद्यावधिक गर्न अनुरोध गरेको जनाएको छ ।

Advertisement

प्रतिक्रिया