स्थानिय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने रोडम्याप
स्थानीय तहका निर्वाचनको उल्टो दिनगिन्ती चलिरहेको बेला आफ्नो असुरक्षित र अनिश्चित राजनीतिक परिस्थितिको तत्वज्ञान पाईसकेका पार्टीहरूको लागि चुनावी गठबन्धन आवश्यक होला । तर नेपाली काँगे्रसले आफैँभित्रको शक्तिलाई एकताबद्ध गराउन सक्यो भने यो निर्वाचनमा सफलता हासिल गर्न पार्टीलाई कसैको बैशाखी चाहिँदैन ।

काँग्रेसले आफ्नै शक्तिमा निर्वाचन लड्दा पार्टीको जनाधारमाथि पूर्ण भरोसा र विश्वास गरेको पुष्टि हुन्छ । जनभावनाले पनि काँग्रेसले चुनाबी गठबन्धन गरेर जनतामा आओस् भन्ने चाहेको किमार्थ देखिन्न । काँग्रेसको लागि अपरिहार्य खाँचो पार्टीभित्र विभाजन, पक्षपात, गुटबाजी र चौधौं महाधिवेशनमा उत्पन्न प्रतिष्पर्धाको तिक्तपनलाई मेटाएर सम्पूर्ण एकता कायम गर्नु हो । यसमा सबैको जिम्मेवारीपूर्ण योगदान महत्वपूर्ण हुन्छ । त्यसको लागि पार्टीमा एकता र समन्वयको वातावरण बनाउनु अनिवार्य रुपले आवश्यक छ ।
एकता र समन्वयको वातावरणमा निर्वाचनमा जाँदा निश्चित रुपमा अनुशासनहिनता र अन्तरघातजस्ता विकृति वा विसंगति उत्पन्न हुनेछैन । काँग्रेसमा एकता र समन्वयको वातावरण बनाउने कार्यमा काँग्रेस प्रदेश समितिहरूको महत्वपूर्ण भूमिका रहन्छ । त्यस्तो भूमिकालाई जिम्मेवारी र समझ्दारीका साथ सबैको साथ जुटाएर चुनाबमा जुट्न प्रदेश समितिका आधिकारिक नेतृत्वले बहन गर्नुपर्छ । आफूभित्रको शक्तिलाई उपेक्षा गरेर पार्टीबाहिरको गठबन्धनले निर्वाचन जित्ने आसा गर्नु व्यर्थ हुन्छ ।
तर हाम्रो वाग्मती प्रदेशमा त्यस्तो अनुकूल र प्रीतिकर वातावरण बनाउनुको सट्टा एकलौटी तरिकाले प्रदेश कार्य समिति गठन गर्ने संसदिय समिति बनाउनु का साथै कार्य सम्पादन समिति र बिभिन्न बिभाग गठन गर्दा आफ्नो प्रतिष्पर्धीले थाहा पाउला जस्तो गरी गठन गर्ने अनि अन्य दलसँग केको गठबन्धन गर्नु ? आफुबिच एकता, सहमति र सहकार्य नगर्ने प्रवृत्तिले कसरि निर्वाचनमा सफलता हासिल गर्ने ? प्रदेश समिति, संसदीय समिति जस्ता संगठन संरचना निर्माण गर्दा महाधिवेशनका प्रतिष्पर्धीलाई उपेक्षा र एकलौटी गर्ने मनोवृत्तिबाट पार्टी सञ्चालन गर्नुले आसातित परिणाम प्राप्त हुँदैन भन्ने सुझबुझ नेतृत्वले समय छँदै अपनाउनु जरुरी छ ।
‘बिग्रे दोषादोष सप्रे खोसाखोस’ को मनोवृत्तिले पार्टी सञ्चालन गर्नु गैरजिम्मेवारी हुने यथार्थ नेतृत्वले आत्मसात गर्नु जरुरी छ । लामो इतिहासमा नेपाली काँग्रेसले जति पनि युगान्तकारी र क्रान्तिकारी कदम चलायो, ती सबै पार्टीको एकल् शक्ति (आफ्नो जनाधार) कै बुतामा नेपाल राष्ट्र रहेसम्म गौरवशाली सफलताका रुपमा इतिहासले अंकित गरेको छ ।
२००७ सालको जनक्रान्ति, काँग्रेसले बिना कुनै गठबन्धन एकल शक्तिका साथ सम्पन्न गरेको हो । २०३६ को जनमत संग्रहमा काँग्रेस एक्लैले आफूलाई बहुदलीय पक्षका मतको मूख्य हकदार बनायो । हुन त २०३६ सालमा काँग्रेससँग गठबन्धन गर्न चाहने पार्टीको खाँचो थिएन । जननायक बीपी कोइरालाको निर्देशन थियो, “यदि तिमी जनताको साथ पाउन स्वयं योग्य र सत्पात्र छौ भने आत्मविश्वास गुमाएर सहारा किन खोज्छौ ?”
२०४२ सालमा काँग्रेसले गठबन्धन नगरी सत्याग्रहको निर्णायक शक्ति देश र दुनियासमक्ष प्रदर्शित गर्न सफल भयो । जसरी भारत स्वतन्त्र गराउने शक्ति भारतीय काँग्रेसले जथाभावी गठबन्धन र सिद्धान्तहिन सम्झौता गरेको परिणामस्वरुप आज दुर्दशाको अवस्था भोग्न बाध्य देखिन्छ । त्यसैगरी नेपाली काँग्रेसले पनि २०६३ यता अनेकौं गठबन्धन र सम्झौता गर्ने हुँदा, जनाधारमा बहुमत र निर्णायक हैसियत हुँदाहुँदै पनि प्रतिरक्षात्मक अवस्था भोग्नु परिरहेको छ ।
अन्य पार्टीसँग औचित्यहिन र सिद्धान्तहिन चुनाबी गठबन्धनको आत्मघाती बाटो नलिऔं । धरातलीय वास्तविकता र जनभावनालाई एकपटक ध्यान दिएर हेरौं । प्यास लाग्यो भन्दैमा विष पिउनु भएन । जय नेपाल ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया