स्थानीय तह निर्वाचन : आयोगले तोक्यो नुवाकोटमा निर्वाचन अधिकृत

विदुर खबर २०७८ चैत १३ गते १७:३४

नुवाकोट । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नुवाकोटको स्थानिय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।

Advertisement

आयोगले नुवाकोटको ११ ओटा स्थानिय तहमा निर्वाचन अधिकृत नियुक्त गरेको हो । २०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले गोरखापत्रमा आज आइतबार प्रकाशित सूचनालाई आधार मानी तोकिएको स्थानमा हुने निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुन आयोगले निर्देशन समेत दिएको छ ।

Advertisement

आयोगका अनुसार नुवाकोटको ककनी गाउँपालिकामा निर्मला गुरुङ, किस्पाङ गाउँपालिकामा टेकराज भुसाल, तादी गाउँपालिकामा विवेक घिमिरे, तारकेश्वर गाउँपालिकामा जीवनकुमार भण्डारी र दुप्चेश्वर गाउँपालिकामा केशरवहादुर पण्डित रहेका छन् ।

त्यस्तै पन्चकन्या गाउँपालिकामा अन्जन न्यौपाने, बेलकोटगढी नगरपालिकामा टेबहादुर कार्की, म्यागङ गाउँपालिकामा सुर्दशन पण्डित, लिखु गाउँपालिकामा पुर्णवहादुर थापामगर, सुर्यगढी गाउँपालिकामा इन्द्रकुमार खड्का र शिवपुरी गाउँपालिकामा खरुदेव चुडाल रहेका छन् ।

Advertisement

उनीहरुलाई चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया