विदुर १३ मा माओवादीका आधा दर्जन कार्यकता कांग्रेस प्रवेश

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ मा माओवादी केन्द्रका आधा दर्जन जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

शनिवार विदुर नगरपालिका वडा नम्बर १३ चामभन्ज्याङमा आयोजित नेपाली कांग्रेसको घरघर जाऊ, नेपाली कांग्रेस जिताऊ अभियानको क्रममा आयोजित कार्यक्रममा उनीहरु नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली कांग्रेसको विदुर नगरपालिका वडा नम्बर १३ का प्रतिनिधिहरु तारावहादुर कार्की र वसन्तजंग ठकुरी र विदुर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दलवहादुर तामाङले पार्टी प्रवेश गराएका हुन् ।
नेपाली कांग्रेस प्रवेश गर्नेहरुमा गोपाल वहादुर रिजाल, कञ्चन रिजाल, गोपी वहादुर रिजाल, कृष्ण वहादुर घिमिरे, इन्द्र कुमारी घिमिरे, टिका वहादुर प्याकुरेल र कमला दर्जी नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस विदुर १३ का वडा ईकाइ सभापति हरेराम पौडेलले जानकारी दिए ।

माओवादी केन्द्रले आफुहरुले गरेको अपेक्षा अनुसार काम गर्न नसकेकोले कांग्रेस प्रवेश गरेको कांग्रेस प्रवेश गरेका गोपाल रिजालले जानकारी दिए ।
यसैविच विदुर नगरपालिका वडा नम्बर १३ हर्कपुरको चामभञ्याङमा हरिराम भण्डारीको नेतृत्वमा टोल कमिटि गठन गरिएको छ ।
कमिटिको उप–सभापतिमा हरि प्रसाद प्याकुरेल, सचिवमा देवेन्द्र नेपाली, सह– सचिवमा पवन कोइराला र कोषाध्यक्षमा ज्ञानु सुनार चयन भएको विदुर १३ का लागि जिल्ला प्रतिनिधि खटिएका तारावहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया