नुवाकोटमा कांग्रेसको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान शुरु
नुवाकोट । नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान शुरु गरेको छ ।

आईतबार नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालय विदुरमा एक कार्यक्रमको आयोजना गरि जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान सुरु गरेको हो ।
कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ ।
अभियानको क्रममा पार्र्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझावसमेत लिने नेपाली कांग्रेस नुवाकोटका जिल्ला प्रतिनिधि मदबहादुर अमात्यले जानकारी दिए ।
अभियानको क्रममा कांग्रेसको नेतृत्वमा हासिल उपलब्धिबारे जनतालाई जानकारी गराउने, एमसीसीबारेका भ्रमलाई चिर्ने र विगतको सरकारका पालामा भएका असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राख्ने नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले जानकारी दिए ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य गिता अमात्य, नेपाली कांग्रेस ककनी गाउँपालिकाका अध्यक्ष भाग्य श्री लामा, नेविसंघका क्षेत्रिय अध्यक्ष कृष्ण मिश्र लगायतले आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का हुनुपर्ने बताए ।
कार्यक्रममा पार्टीभित्र आन्तरिक लोकतन्त्र सृढ नभएको भन्दै कार्यकर्ताहरुले नेतृत्वको चर्काे आलोचना गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया