राजपामा २९ महासचिव,पार्टी कार्यालयमा पदाधिकारी बस्ने कुर्चीसमेत हुन्न

काठमाडौं, सामान्यतया एउटा पार्टीमा कति जना महासचिव जिम्मेवारीमा रहन्छन् उत्तर स्वाभाविक आउँछ– ‘१ वा बढीमा २÷३ जना ।’ तर राष्ट्रिय जनता पार्टी (राजपा) यो मामिलामा पृथक् छ, सो पार्टीमा २९ जना त महासचिव मात्रै छन् ।
इतिहासकै शक्तिशाली मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा १ जना मात्रै महासचिव रहेका बेला संसद्को तेस्रो ठूलो दल राजपाले साढे दुई दर्जन नेतालाई महासचिव बनाएको छ । सो पार्टीको केन्द्रीय समिति ८ सय १५ जनाको छ । अध्यक्ष मण्डलमा एक जना संयोजक रहने व्यवस्था छ, राजपामा अध्यक्ष मण्डलका ५ जना सदस्य छन् । हिजोका ६ वटा पार्टी मिलेर २०७४ वैशाख ७ गते राजपा गठन भएको हो । त्यसलगत्तै असार २३ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको सो पार्टीले ७ दिनपछि दलको मान्यता पाएको थियो ।
पदाधिकारी संख्या धेरै भएपछि पार्टी कार्यालय साँघुरो भएको बताउँदै महासचिव केशव झाले भन्नुभयो– ‘धेरै वटा दललाई मिलाउँदा पदाधिकारी संख्या केही ठूलो भएको हो, महाधिवेशनपछि कार्यसमिति चुस्त हुन्छ ।’ राजपाको महाधिवेशन आगामी वैशाखका लागि तोकिएको छ । यस्तो अभ्यास सायद बिरलै अन्य मुलुकमा देख्न÷सुन्न पाइन्छ । पदीय भागवण्डा व्यवस्थित गर्न नसक्दा एउटै पदका नेताको टोली जम्बो बनेको हो, जिल्ला तहमा समेत अध्यक्ष मण्डलको व्यवस्था तोकिएको छ । हरेक २÷२ महिनामा आलोपालो जिल्ला नेतृत्व परिवर्तन हुने गरेको छ ।
विभिन्न ३४ जिल्लामा पार्टीको यस्तो संरचना रहेको महासचिव झाले जानकारी दिनुभयो । राजपामा वरिष्ठ नेता ३, सहअध्यक्ष ३, वरिष्ठ उपाध्यक्ष ७, उपाध्यक्ष २९, सहमहासचिव १८, सचिव २३, कोषाध्यक्ष ६, सहकोषाध्यक्ष ३, प्रवक्ता ६ र सहप्रवक्ता १ जना रहेका छन् । केन्द्रीय समितिमा १६ प्रतिशत महिला छन् ।
राजपाले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिएको थियो । असोज २ गते तराईका विभिन्न ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा निर्वाचन हुँदा राजपाले २४ वटा तहमा प्रमुख, ३१ उपप्रमुख र २ सय ५० भन्दा बढी वडाध्यक्ष जितेको थियो । उसले पहिलो र दोस्रो चरणको निर्वाचनमा भाग लिएको थिएन ।
शीर्ष जिम्मेवारीमा रहेका अधिकांश नेता विगतमा विभिन्न दलका अध्यक्ष, महासचिव, उपाध्यक्ष र अन्य भूमिका निर्वाह गरिसकेका छन्, यीमध्ये पुराना नेताका रुपमा चिनिनुहुन्छ संयोजक महन्थ ठाकुर । २०४८ सालको प्रतिनिधिसभामा ठाकुर नेपाली कांग्रेसको तर्फबाट उपसभामुख बन्नुभएको थियो । राजपाका अध्यक्ष मण्डलका सदस्यमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, महिन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव रहेका छन् ।
एकताअघि महतो सद्भावना पार्टीका, भण्डारी राष्ट्रिय मधेश समाजवादी पार्टीका, महिन्द्र राय यादव तराई मधेश सद्भावना पार्टीका, झा नेपाल सद्भावना पार्टीका र राजकिशोर यादव मधेशी जनाधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष रहेका थिए । निर्वाचन आयोगमा नाम बुझाउँदा केही पार्टीबाहेक अरुले झन्डै दोब्बर संख्या देखाएर नाम थपेका थिए ।
राजपाको अब बन्ने समितिमा भने अध्यक्ष सर्वापरी रहने छ र बढीमा २ सयको मात्र केन्द्रीय समिति रहने गरी छलफल अघि बढाइएको पार्टीले जनाएको छ । पार्टीको आफ्नै भवन नभएपछि बबरमहलमा रहेको शुभेच्छुक संस्था नेपाल मधेशी निजामती कर्मचारी मञ्चको कार्यालयमा पार्टीको काम कारबाही हुँदै आएको छ । कार्यालयमा संयोजक ठाकुरको एउटा कोठा छ, बाँकी अध्यक्ष मण्डलका सदस्यले पनि १÷१ कोठा पाएका छन्, महासचिवलाई एउटै कोठामा धेरै कुर्ची राखिएको छ र अध्यक्ष मण्डललाई कसैले संयुक्त भेट गर्न चाहे अर्को कोठा छुट्याइएको छ ।
युवा, विद्यार्थी, महिला, दलित, मुस्लिम, आदिवासी, जनजाति, बुद्धिजीबी, किसानजस्ता भ्रातृसंस्था रहेका छन् । त्यसै गरी शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी, निजामती कर्मचारीका शुभेच्छुक संस्था छन् । भारत, कतार, मलेशिया, दुबईमा प्रवासी संगठन रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया