नुवाकोटकोमा एक युवतीद्धारा विष सेवन गरेर आत्महत्या
विदुर खबर
२०७८ फागुन २४ गते २०:३५

नुवाकोट । नुवाकोटमा २० वर्षीय युवतीले विष सेवन गरेर आत्महत्या गरेकी छिन ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ९ बाघखोरकी स्थानीय २० वर्षीया अञ्जना सुबेदीले विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक प्रहरी उपरीक्षक राम प्रकाश शाहले दैनिकीलाई जानकारी दिए ।
दिउँसो ४ः३० बजेको समयमा तोया प्रसाद सुबेदीकी श्रीमती अञ्जनाले विषय पिएको बुझिएको छ । उनले विष पिएको थाहा पाएपछि परिवारले जिल्ला अस्पताल त्रिशुली लगेको भए पनि साँझ ६ः३० बजेको समयमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
उनले किन विष सेवन गरेकी थिइन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया