आजको मौसम : हल्का वर्षाको सम्भावना
नुवाकोट । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश सामान्य वदली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।
देशको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरु तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया