धादिङमा सालकको खपटासहित दुई जना पक्राउ
नुवाकोट । पृथ्वी राजमार्गअर्न्तगत धादिङको गजुरी गाउँपालिका १ स्थित गजुरीबजारबाट सालकको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एक केजी खपटासहित ट्रक चालक र ट्रकमा सवारी व्यक्तिलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ट्रक चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ बस्ने २३ वर्षीय शेरबहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका २ बस्ने १९ वर्षीय मानबहादुर तामाङ रहेका छन् ।
संरक्षित वन्यजन्तु सालकको खपटाको कारोबार तथा ओसारपसार हुँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीको टोलीले पक्राउ गरेको हो । प्रहरी टोलीले आइतबार बेलुकी आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना. ८ ख ८४२९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा लुकाई राखेको अवस्थामा फेला पारेको हो ।
बरामद गरिएको सालकको खपटासहित ट्रक, मोबाइलसहित पक्राउ गरिएकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा पठाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया