बालाजुमा बसको ठक्करबाट दुई जनाको मृत्यु
विदुर खबर
२०७८ फागुन ५ गते १४:२६

नुवाकोट । बालाजुमा सडक दुर्घटनामा परी दुई जना पैदलयात्रुको मृत्यु भएको छ ।

बिहीबार बिहान ६ बजेतिर बसको ठक्करबाट अन्दाजी १८ वर्षीय विकास तामाङ र एक अधबैंसे महिलाको मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाका एसपी सञ्जिव शर्माले जानकारी दिए । बालाजुको गंगा हल नजिकै बाटो काट्ने क्रममा उनीहरुलाई बसले ठक्कर दिएको हो ।
घाइते अवस्थामा फेला परेका उनीहरुको त्रिवि शिक्षण अस्पातल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको एसपी शर्माले बताए ।
घटनाका बारेमा प्रहरीबाट थप अनुसन्धान भइरहेको र ठक्कर दिने बसको खोजी भइरहेको उनले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया