वैशाख ३० गते निर्वाचन मिति घोषणा गर्ने सरकारको तयारी
विदुर खबर
२०७८ माघ २४ गते १६:१४
नुवाकोट । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न आयोगसँग थप परामर्श गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बस्ने बैठकमा निर्णय गर्नुअघि सरकारले आयोगका पदाधिकारीहरूसँग परामर्श गरेको हो । ‘सरकारले वैशाख ३० गते निर्वाचन गर्न सकिन्छ भनेर आयोगका अधिकारीलाई सोधेको थियो,’ आयोगका एक पदाधिकारीले भने,’हामीले सक्छौं भनेर जवाफ दियौं । सायदी सरकार बाट यही निर्णय हुन्छ होला ।’
आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । सञ्चामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि स्थानीय तहको पदावधि नसकिँदै निर्वाचन गर्ने बताएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया