आज स्थानीय तह निर्वाचनको मिति घोषणा हुँदै
नुवाकोट । सरकारले आज सोमबार सम्भवतः स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।

निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब परिरहेकोलाई समेत मध्यनजर गरी आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोकिने सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सञ्चारकर्मीलाई बताउनुभयो ।
निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने सरकारको तयारी रहेकाले निर्वाचनको विषयमा ढुक्क हुन पनि उहाँले आग्रह गर्नुभयो । आयोगले स्थानीय तह निर्वाचन गर्न जेठ ४ गते बुधबारको दिन ७ सय ५३ तहमा एकैपटक निर्वाचन गर्ने प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्बाट मिति तोक्नका लागि आयोगले निर्णयका गृह मन्त्रालयमार्फत राय पनि पठाइसकेको छ ।
आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेलगत्तै गृहमन्त्रीको अध्यक्षतामा रहेको केन्द्रीय सुरक्षा समितिको बैठकले गत बुधबार एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने लक्ष्यसहित सुरक्षा र बन्दोबस्तीसम्बन्धी विस्तृत कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको थियो । त्यसका लागि समन्वय गर्न गृह मन्त्रालयका सुरक्षा र समन्वय महाशाखा प्रमुख मुकुन्द निरौलाको संयोजकत्वमा समिति गठन गरेको थियो ।
सरकारले सोमबार मिति घोषणा गरेमा आयोगले निर्वाचनको कार्ययोजना बनाउने कार्यलाई तीव्रता दिने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । पौडेलका अनुसार सरकारले मिति घोषणा गरेको कम्तीमा तीन दिनभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम थालेको पनि आयोगले जनाएको छ ।
निर्वाचनको व्यवस्थापकीय, प्राविधिक र व्यावहारिक तयार गर्न आयोगलाई सामान्यतया निर्वाचनको मिति घोषणा भएको दिनदेखि १ सय २० दिन आवश्यक पर्दछ । आयोगले धेरैजसो पूर्वतयारीहरू भइसकेकाले अब सरकारले मिति घोषणा गर्नेबित्तिकै बाँकी तयारी अघि बढाउने जनाएको छ । ‘मिति नहुँदा पनि गर्न मिल्ने तयारीका कामहरू लगभग भइसकेका छन् । हामी त चुनावको तयारीका लागि तत्पर भएर बसेका छौं । अब सरकारले मिति तोकेपछि त्यहीअनुसार अन्य तयारी अघि बढाउँछौं’ –उहाँले भन्नुभयो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ मा एकै चरणमा वा दुई वा दुईभन्दा बढी चरणमा गर्न सकिने व्यवस्था रहेको छ । दुई वा तीन चरणमा गर्दा निर्वाचन खर्च, सुरक्षा व्यवस्थापन सहजताका लागि एकै चरणमा गर्नुपर्ने आयोगको प्रस्ताव छ । एकै चरणमा गर्दा व्यवस्थापन सजिलो हुने, मतदाता शिक्षा सामग्रीहरूमा एकरूपता हुने, प्रचारप्रसार खर्च कम हुने, अनुगमन र पर्यवेक्षण सहज हुने, एक ठाउँको परिणामले अर्को ठाउँको निर्वाचन प्रभावित नहुने आयोगले जनाएको छ ।
आयोगले सरकारलाई दिएको रायमा दुई वा सोभन्दा बढी चरणमा निर्वाचन गर्दा स्थानीय तहको पहिलो चरणमा सम्पन्न भएको निर्वाचनको मतपेटिका दोस्रो चरणको निर्वाचन सम्पन्न नभएसम्म सुरक्षित राख्न जोखिम हुने गर्दछ । त्यसका लागि धेरै सुरक्षाकर्मी खटाउनुपर्ने हुँदा दोस्रो चरणको निर्वाचनका लागि पर्याप्त सुरक्षाकर्मी जगेडा राख्न नसकिने, सुरक्षाकर्मी तथा कर्मचारीको थप सुविधाका कारण खर्चमा वृद्धि हुने जानकारी आयोगले सरकारलाई गराइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया