आजको मौसम : देशभर आंशिक बदली रहने

विदुर खबर २०७८ माघ २४ गते ८:१३

नुवाकोट ।जल  तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

Advertisement

विहान पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रहेको छ । त्यस्तै आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं. १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ ।

मंगलबार भने प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेर अन्य प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । त्यस्तै प्रदेश नं. १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Advertisement

तराई भू-भागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया