आजको मौसम : देशभर आंशिक बदली रहने
विदुर खबर
२०७८ माघ २४ गते ८:१३
नुवाकोट ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

विहान पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रहेको छ । त्यस्तै आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं. १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ ।
मंगलबार भने प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेर अन्य प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । त्यस्तै प्रदेश नं. १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
तराई भू-भागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया