आजबाट काठमाण्डौ उपत्यकामा जोरबिजोर हट्ने

विदुर खबर २०७८ माघ २४ गते ८:०६

नुवाकोट । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली आजबाट खारेज गर्न सिफारिस गरेको छ ।

Advertisement

सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।आज बसेको सीसीएमसीको बैठकले सात वटा निर्णण गरेको छ,’ सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले न्युज कारखानासँग भनिन्, ‘भोलीबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारस गरेका छौं ।’

कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि सीसीएमसीको सिफारिसमा सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । केही दिनअघि सरकारले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको भएपनि निजी सवारी साधनमा भने हटाएको थिएन । आज बसेको सीसीएमसीको बैठकले सबै सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली माघ २४ गतेबाट हटाउन गृहलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

Advertisement

सीसीएमसीको आजको बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरु फागुन १ गतेबाट भौतिक उपस्थितीमा सञ्चालन गर्न सिफारिस गरेको छ ।

‘विद्यालयको हकमा १२ वर्षभन्दा माथिका विद्यार्थीलाई भौतिक उपस्थितमा पढाउन सकिने र १२ वर्षभन्दा मूनिका विद्यार्थीलाई स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो गरी भौतिक उपस्थितीमा पढाउन सकिने सिफारिस गरेको छ,’ प्रवक्ता नेपालले भनिन् ।

Advertisement

यस्तै, आजको बैठकले डान्सबार, दोहोरी, क्लब जस्ता रात्रीकालिन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राती १० बजेसम्म सञ्चालन गर्न दिन गृह र पर्यटन मन्त्रालयलाई सिफारिस गरेको छ ।

सीसीएमसीले जिल्लाहरुले स्थानीय अवस्था हेरेर फरक फरक निर्णय गर्न पाउने व्यवस्था पनि गरेको छ । पार्टी प्यालेसहरुको हकमा बढीमा १०० जना वा क्षमताको ५० प्रतिशत मानिस उपस्थित हुनेगरी सञ्चालन गर्न दिन सरकारलाई सिफारस गरेको छ ।

खेलकुदका कार्यक्रममा ५० प्रतिशत दर्शकलाई मात्र प्रवेश दिनेगरी सञ्चालन गर्न सिफारिस गरिएको छ । सीसीएमसीले खोप कार्ड हराएकाहरुलाई खोप लगाउन सहज बनाउन पनि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया