नुवाकोटमा विप्लव माओवादीको एकघण्टा चक्काजाम
नुवाकोट । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नुवाकोटमा एकघण्टा चक्काजाम गरेको छ ।

्आईतबार विहान विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठनले मूल्य वृद्धिको विरोधमा गंगटे बजार क्षेत्रमा प्रर्दशन गरेर एक घण्टा चक्काजाम गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूले ’सबैखाले महँगी नियन्त्रण गर’, ’दलाल संसदीय व्यवस्था मुर्दावाद’, ’संयुक्त जबस जिन्दावाद’, ’पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर’, ’जनमारा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

करिव १० जना उपस्थिति भएको चक्काजामको असर भने बजार क्षेत्रमा सामान्य रुपमा समेत परेन । विप्लवका कार्यकर्ताहरुलाई गंगटेका स्थानिये चक्काजाम नगर्न आग्रह गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गर्दै नाराबाजी समेत गरेका थिए । नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु





प्रतिक्रिया