आजबाट मौसममा सुधार हुने
नुवाकोट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

जसकारण देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने तराईका भू-भागका केही स्थानमा हुसु तथा कुहिरो लागेको छ।
तर, आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । राती भने प्रदेश १ र वागमती प्रदेशमा आंशि देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने भएको छ ।
सोमबार प्रदेश नं १, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । देशका पुर्वी तथा पश्चिमी भू-भागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।
देशका तराई भू-भागमा हुसु, कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया