जेठ मसान्तभित्रै स्थानीय निर्वाचन हुने

विदुर खबर २०७८ माघ १६ गते ९:०९

नुवाकोट । आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन हुने भएको छ । 

Advertisement

सत्तारुढ गठबन्धनको शनिवार दोश्रोपटक बसेको बैठकले  आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन तोक्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो । 

गठबन्धनले बैठकमा सहभागी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत जेठ मसान्तभित्र निर्वाचन गर्ने गरी अगाडि बढ्न सुझाव दिएको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

Advertisement

उनकाअनुसार यो म्याण्डेड लिएर सरकारले निर्वाचन आयोगसँग आवश्यक छलफल गर्नेछ । आयोगको परामर्शमा एकदुई दिनमै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिनेछ । 

जेठ मसान्तभित्र स्थानीय निकायको निर्वाचनको मिति तोक्दा संविधानसँग बाझिएका कुनै ऐन अगाडि आए त्यसलाई संसोधन गरेर सरकारले निर्वाचनको आवश्यक तयारी अगाडि बढाउनुपर्ने सुझाव समेत गठबन्धन बैठकमा आएको कार्कीले जानकारी दिएका छन् । 

Advertisement

प्रतिक्रिया