नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित ४ सय नाघे

विदुर खबर २०७८ माघ १३ गते १८:१८

नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय नाघेको छ ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४१ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ५ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । सक्रिय संक्रमितमध्ये सबै होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लाका २३ महिला र १८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितमध्ये विदुर नगरपालिकाका २३ जना रहेका छन् भने लिखु गाउँपालिकाका १० जना रहेका छन् ।

Advertisement

यस्तै बेलकोटगढी नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि हु्ँदा सुर्यगढी र तादी गाउँपालिकामा सामान २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ९० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६९ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ८ हजार ५ सय ३३ पुगेको छ ।

Advertisement

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । जिल्लामा हालसम्म ३० हजार एकसय ८९ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया