सुनको मूल्य एकैदिन ९ सय रुपैयाँले घट्यो

विदुर खबर २०७८ माघ १३ गते ११:५३

नुवाकोट । बुधवार तोलामा ४ सय रुपैयाँले बढेको सुनको मूल्य  बिहीबार पून: तोलामा ९ सय रुपैयाँले घटेको छ ।

Advertisement

बिहीबारका लागि कारोबार मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार सुन तोलामा ४ सय रुपैयाँले बृद्धि भएर प्रततितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १८१५ .२० डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २३ .२९ डलर छ ।

प्रतिक्रिया