मुअब्जा विवादका कारण तुप्चेमा बनेको पुल प्रयोगविहिन

विदुर खबर २०७८ माघ १३ गते ११:२२

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १० भैँसेबजार र वडा नं. ७ तप्चे अक्करेबजार जोड्ने त्रिशूली नदीमाथिको पुल बनेको दुई वर्ष बितिसक्दा पनि स्थानीयले उपभोग गर्ने दिन अजै जुरेको छैन ।

Advertisement

०७१ सालमा सम्झौता गरेर ०७४ मा सम्पन्न गर्ने गरी सपना कन्स्ट्रक्सन जेभीले निर्माण सुरु गरेको यो पुल निर्माणमा सुरुदेखि नै अवरोध हुँदै आएको थियो । दुई वर्ष ढिला गरेर निर्माण भयो, तर सञ्चालनमा आएन ।

पलको मुख्य सडक जोड्ने पहँुचमार्ग सडकमा परेको जग्गाको मुआब्जा नदिएको कारण पल अहिले सञ्चालनमा नआएको स्थानीय समाजसेवी शिव विकले बताए ।

Advertisement

विदरको वडा नं. ७ र १० जोड्ने पल बने पनि यस क्षेत्रका ुबासिन्दाले पहँचमार्गमा परेका जग्गाधनीले ु अदालतमा मुद्दा हालेपछि अहिले मआब्जाको टुङगो नलगाई कार्य अगाडि नबढाउन अदालतले आदेश गरेको छ ।

एक सय मिटर लम्बाइ, १० मिटर चौडाइको पक्की मोटरेबल पुल सञ्चालनमा नआउँदा यस क्षेत्रका बासिन्दालाई सवारीसाधन लिएर वारिपारि गर्न त्रिशूलीबजार घमेर आउन पर्ने अवस्था रहेको स्थानीय व्यवसायी सदामा शाहीले बताए ।

Advertisement

पलसँगैको सानो गोरेटो बाटोबाट मोटरसाइकल आवत–जावत गर्ने गरेको भए पनि पलको मुखैमा पर्खाल लगाएको माटो फिलिब नगरेको ठूलो खाडलले गर्दा रातको समयमा दर्घटना हुन सक्नेसमेत उनले बताए ।

पुल सञ्चालन गराउन सम्बन्धित निकायले चासो नदिएको दःखेसो स्थानीय उपभोक्ताले गरेको समाचार आजको त्रिशुली प्रवाहमा उल्लेख छ ।

प्रतिक्रिया