बालिकालाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ
नुवाकोट । जिल्ला अदालत भक्तपुरले जबरजस्ती करणी गर्ने अभियुक्तलाई १२ वर्ष कैद फैसला सुनाएको छ ।

सिन्धुली घर भएका विजय भन्ने आशिष नेपालीले सिन्धुलीकै विद्यालयमा अध्ययनरत एक १५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग पुष्टि भए पछि अदालतले नेपालीलाई १२ वर्ष कैद र पचास हजार रुपैयाँ क्षतिपूर्ति रकम भराउने फैसला सुनाएको हो ।
मंगलबार अदालतले १२ वर्ष कैद सहित क्षतिपूर्ति रकम भराउने फैसला गरेको महानगरीय प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।
विवाह गर्छु भनी प्रलोभनमा पारी ललाईफकाई भक्तपुर स्थित आफ्नो डेरामा ल्याई डर,धाक धम्की समेत दिई बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको कसुरमा प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।
अनुसन्धान पश्चात् प्रहरीले गत मंसिरमा मुद्दा पेस गरेकोमा जिल्ला अदालतले तत्काल पुर्पक्षको लागी कारागार चलान गरेको थियो । पीडित बालिका परिसरको पहलमा हाल माइती नेपाल काठमाडौँको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया