बालिकालाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ

विदुर खबर २०७८ माघ १२ गते १७:३५

नुवाकोट । जिल्ला अदालत भक्तपुरले जबरजस्ती करणी गर्ने अभियुक्तलाई १२ वर्ष कैद फैसला सुनाएको छ । 

Advertisement

सिन्धुली घर भएका विजय भन्ने आशिष नेपालीले सिन्धुलीकै  विद्यालयमा अध्ययनरत एक १५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग पुष्टि भए पछि अदालतले  नेपालीलाई १२ वर्ष कैद र पचास हजार रुपैयाँ क्षतिपूर्ति रकम भराउने फैसला सुनाएको हो ।

मंगलबार अदालतले १२ वर्ष कैद सहित क्षतिपूर्ति रकम भराउने फैसला गरेको महानगरीय प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

Advertisement

विवाह गर्छु भनी प्रलोभनमा पारी ललाईफकाई भक्तपुर स्थित आफ्नो डेरामा ल्याई डर,धाक धम्की समेत दिई  बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको कसुरमा प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।

अनुसन्धान पश्चात्  प्रहरीले गत मंसिरमा मुद्दा पेस गरेकोमा जिल्ला अदालतले तत्काल पुर्पक्षको लागी कारागार चलान गरेको थियो । पीडित बालिका परिसरको पहलमा हाल माइती नेपाल काठमाडौँको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया