तीनमहिने बालकको निसास्सिएर मृत्यु
नुवाकोट । भक्तपुरमा तीनमहिने बालकको निसास्सिएर मृत्यु भएको छ ।

भक्तपुर सूर्य विनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप मन्थली घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीनमहिने छोराको निसास्सिएर मृत्यु भएको हो ।
शनिबार बेलुका अभिषेक र उनकी २८ वर्षीय श्रीमती पसुना तामाङ तीनमहिने छोरासँग आगो तापेर सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार बिहान अबेरसम्म पनि नउठेकाले स्थानीयले र प्रहरीले झ्यालबाट हेर्दा तीनै जना अचेत अवस्थामा फेला पारेका थिए ।
तत्काल उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार बिहान तीनमहिने बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै अभिषेक र पसुना दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा विगत २ वर्षदेखि उनीहरू डेरा गरी बस्दै आएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया