कोरोनाका कारण त्रिविको परीक्षा स्थगित

विदुर खबर २०७८ माघ ६ गते १८:३२

नुवाकोट । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कोभिड संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा तत्काल परीक्षा लिने विषयमा सोच्न निर्देशन दिएका छन् ।

Advertisement

निर्देशन लगत्तै त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गर्ने तयारी गरेको छ । त्रिविले  सोमबारबाट हुने सबै परीक्षा स्थगित गरेको छ ।

त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले सोमबारबाट हुने परीक्षा स्थगित गरेको जानकारी दिए । उनले भने– डीनसंग भएको बैठक पछि परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया